पोखरा १५: फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण

पाेखरा | पुस ४, २०८१

पोखरा १५: फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ । 

 

पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना  अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।

 

उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे  उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

 

उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।

 

 

सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।

 

युएनडिपीले अघि सारेको उक्त योजना  अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ । 


 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्